जेन कन्फेरेन्स १.० फागुन ३ र ४ गते 

हिमाल प्रेस २५ माघ २०८० १५:३५
2
SHARE
जेन कन्फेरेन्स १.० फागुन ३ र ४ गते 

काठमाडौँ- निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्समा फागुन ३ र ४ गते जेन कन्फरेन्स आयोजना हुने भएको छ। सम्मेलन, विद्यालयलाई एक्काइसौँ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जानकारी आयोजकले दिएका छन्।

सम्मेलनमा एक्काइसौँ शताब्दीका सीप तथा चुनौतीहरूसम्बन्धी वर्कसप हुनुका साथै शिक्षालाई युग सुहाउँदो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल हुनेछ। प्रगतिशील विद्यालयका लागि आवश्यक पर्ने नेतृत्व विकास, शिक्षकको पेसागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनका मुख्य आकर्षण हुन् ।

सम्मेलनको घोषणापत्रमा एक्काइसौँ शताब्दीका लागि चाहिने सीपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनुपर्छ भन्ने कुरा उल्लेख छ। सम्मेलनमा चारवटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइनेछ। यस्तै १३ वटा कार्यशाला र ३६ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ।

कार्यव्रmममा किनोट वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कु“वर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का छन्। सम्मेलनमा विज्ञले विद्यालयमा प्रोग्रेसिभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यक्रममा नवीनता, शिक्षकको व्यावसायिक विकास, मूल्यांकन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभवको प्रस्तुति दिनेछन्।

यस सम्मेलनमा गणित, कम्प्युटर, विज्ञानलगायत सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन गरिएको छ।

प्रकाशित: २५ माघ २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =