‘बोक्सीको घर’ वैशाख १४ मा

हिमाल प्रेस २५ माघ २०८० १०:२५
6
SHARES
‘बोक्सीको घर’ वैशाख १४ मा

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

वैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको छ। अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ।

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका छन्। महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्रको कथा आधारित छ।

फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुषमा निरौला, सविन बाँस्तोलालगायतको अभिनय रहेको छ।

फिल्ममा मुख्य गरेर कुप्रथालाई चित्रण गरिएको नायिका अधिकारीले बताइन्। अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्।

 

प्रकाशित: २५ माघ २०८० १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =