कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

हिमाल प्रेस २४ माघ २०८० १७:४०
कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँमार्फत सालबिस्नेस्थित सत्यवती देवी आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय महानुभाव साथै बैंकका कर्मचारीको उपस्थिति थियो।

प्रकाशित: २४ माघ २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =