बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहित तीनै जना रिहा

हिमाल प्रेस २४ माघ २०८० १२:५६
58
SHARES
बाँसबारी छालाजुत्ता कारखाना प्रकरण : व्यवसायी चौधरीसहित तीनै जना रिहा फाइल तस्बिर

काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी अपचलन गरेको आरोपमा पक्राउ परेका तीनै जना हिरासतबाट छुटेका छन्। व्यवसायी अरुण चौधरी, कारानाखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। माघ १८ गते पक्राउ परेका उनीहरू तीनै जनालाई बुधबार थुनामुक्त गरिएको हो।

जिल्ला अदालत काठमाडौँबाट पहिलो चरणमा चार दिनको म्याद लिएर उनीहरूमाथि प्रहरीले सरकारी वकिलको कार्यालयका प्रतिनिधिको रोहबरमा बयान लिएको थियो। चार दिनको म्याद सकिए पनि बयान बाँकी नै भएपछि सोमबार पुन: म्याद थपका लागि अदालत लगिएको थियो। अदालतले दुई दिन थुनामा राखेर अनुसन्धान गर्न र त्यसपछि अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो।

अदालतले पक्राउ परेकाहरू तत्कालै कतै भाग्ने सम्भावना नभएको र विवादित थप जग्गा हिनामिना गर्न पनि नसक्ने वातावरण भएको भन्दै रिहा गर्न भनेको थियो।

प्रकाशित: २४ माघ २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =