होन्डाले ल्यायो १२५ सीसीको नयाँ प्रविधियुक्त मोटरसाइकल

हिमाल प्रेस २३ माघ २०८० १७:२९
होन्डाले ल्यायो १२५ सीसीको नयाँ प्रविधियुक्त मोटरसाइकल

काठमाडौँ- होन्डा ब्रान्डले विभिन्न अत्याधुनिक प्रविधि थप गरी एसपी १२५ बीएसभीआई बजारमा ल्याएको छ। १२५ सीसी हर्स पावर रहेको यस मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेको नेपालको आधिकारिक बिक्रेता स्याकार टेडिङ कम्पनी प्रालिले लिएको छ।

यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने दाबी कम्पनीका छ।

नजिकको होन्डा सोरुम वा होन्डा नेपालको आधिकारिक वेबसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी दुई लाख ७८ हजार ९०० रुपैयाँ प्रारम्भिक मूल्यमा एसपी १२५ खरिद या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ माघ २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =