‘सुमदायमा कांग्रेस’ र ‘संवाद यात्रा’ कार्यक्रम स्थगित

हिमाल प्रेस २३ माघ २०८० १२:५६
8
SHARES
‘सुमदायमा कांग्रेस’ र ‘संवाद यात्रा’ कार्यक्रम स्थगित कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ।

आकस्मिक केन्द्रीय समिति बैठकले स्थगित भएको कांग्रेसले जनाएको छ। माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ।

कांग्रेसले यो कार्यक्रमका लागि जिल्लाजिल्लामा नेता खटाएको थियो।

साथै महामन्त्री गगनकुमार थापाको संवाद यात्रा पनि स्थगित भएको छ। थापा संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका छन्।

आज बिहान आयोजित कार्यक्रममा कार्यक्रम अब स्थगन भएको जानकारी गराएका हुन्।

 

 

प्रकाशित: २३ माघ २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =