एनसेलले ल्यायो इन्डिया रोमिङ प्याक

हिमाल प्रेस २३ माघ २०८० ११:५५
एनसेलले ल्यायो इन्डिया रोमिङ प्याक

काठमाडौँ– एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। प्याक लिएर ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको छ।

ग्राहकले करसहित १०० रुपैयाँमा रोमिङ प्याक लिन सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन्। यसको अर्थ प्रतिदिन मात्र ३३ मा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा छुट पाउँछन्।

यो प्याक शुक्रबारबाट सञ्चालनमा आएको हो। यो प्याकले वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदि सीमावर्ती सहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने एनसेलको दाबी छ।

ग्राहकले एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन्। यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि लिन सकिने एनसेलको विज्ञप्तिमा उल्लेख छ।

यो प्याक लिनेबित्तितकै ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउने र इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउने एनसेलले जनाएको छ। विज्ञप्तिमा उल्लेख छ, ‘ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन्।’

प्रकाशित: २३ माघ २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =