कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हिमाल प्रेस २३ माघ २०८० १०:१८
2
SHARE
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्।

बूढाथोकीको मोरङको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको थियो ।

 

प्रकाशित: २३ माघ २०८० १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + six =