अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

हिमाल प्रेस २३ माघ २०८० ८:१६
6
SHARES
अवरुद्ध उत्तर-दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

संखुवासभा- सुक्खा पहिरोले अवरुद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको मकालु गाउँपालिकाको खाँदबारी-किमाथांका सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।

खाँदबारी-किमाथांका सडक दुई दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए।

सडकमाथिबाट ठुल्ठूला ढुंगासहितको सुक्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। सो सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ। पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए।

त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला-बेला कोसी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक घाइते समेत भएका थिए। रासस

प्रकाशित: २३ माघ २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =