‘सरकारले जनचासोका विषय नल्याए हाम्रा सांसदले निजी विधेयक ल्याउँछन्’

हिमाल प्रेस २२ माघ २०८० १८:२७
10
SHARES
‘सरकारले जनचासोका विषय नल्याए हाम्रा सांसदले निजी विधेयक ल्याउँछन्’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन्।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजीविकासम्बन्धी विधेयकहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने उनको भनाइ छ।

त्यस्तै, उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने पनि धारणा राखे। सरकारले जनचासोका विधेयकहरू सदनमा ल्याउन नसके रास्वापाका सांसदहरूले निजी विधेयकहरू सदनमा लैजाने उनको भनाइ छ।

उनले सदनलाई जनउत्तरदायी बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने पनि बताए।

प्रकाशित: २२ माघ २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =