ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

हिमाल प्रेस २२ माघ २०८० १७:५९
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ। फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मूल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु. ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटको अनुभव सुनिश्चित गर्दै आएको छ। यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई दृष्टिगत गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई  लाभान्वित  गर्दै आएको छ।

प्रकाशित: २२ माघ २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =