वैशाखमा हुँदैछ यी २५ ठाउँमा उपनिर्वाचन

हिमाल प्रेस २१ माघ २०८० १७:५७
42
SHARES
वैशाखमा हुँदैछ यी २५ ठाउँमा उपनिर्वाचन

काठमाडौँ- निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा लागेको छ। यसकै तयारीस्वरुप आइतबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग आयोगले छलफल गरेको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्री खड्कासँग छलफल गरेका हुन्। खड्कासँग थपलियाले उपनिर्वाचन गर्नुपर्ने हालका रिक्त स्थानबारे जानकारी गराए।

आयोले उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारीसहित सरकारलाई प्रस्ताव गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपिलयाले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर–२ सहित २५ पदमा उपनिर्वाचनको तयारी सुरु भएको बताए।

‘सबै हिसाबले अनुकूल हुने भनेर आयोगले वैशाखभित्रै उपनिर्वाचन गर्नुपर्छ। सरकारको मानसिकता कस्तो छ तयारी अवस्थामा सरकार छ कि छैन भनेर आज उपप्रधानमन्त्रसँग कुराकानी भयो, ‘ उनले भने, ‘सरकार पनि रिक्त पद पूर्ति भइहाल्नुपर्छ भन्ने मानसिकतामा भएको पाइयो। आयोगले पनि सोहीअनुसार तयारी गरिरहेको छ।’

उनले वैशाखमै उपनिर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ तर, वैशाख कति गते भन्नेबारे भने छलफल सुरु भएको बताए।

‘अहिले हामीले सरकारलाई हाम्रो तयारी र सरकारको मानसिकता बुझ्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘आउने हप्ता प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको मिति नै हामी प्रस्ताव पेस गर्ने तयारीमा छौँ। मौसमको हिसाबले जनताको कामकाजको हिसाबले वैशाख जत्तिको उपयुक्त मौसम अब अरु महिनामा हुँदैन। त्यसैले हामी वैशाखमै गर्ने गरी तयारी गर्न सरकारलाई भनिरहेका छौँ।’ प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको मिति प्रस्ताव गर्नुअघि राजनीतिक दलका नेतासँग छलफल गर्ने तयारीमा आयोग छ। त्यसपछि आयोगको सुझाव बमोजिम सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।

थपलियाले जनताले नै मत हाल्ने २३ ठाउँ र जनप्रतिनिधिले मत हाल्ने ठाउँ २ गरी २५ ठाउँमा उपनिर्वाचन गर्ने तयारी भएको बताए। उनले भनेअनुसार जनप्रतिनिधिले मत हाल्ने ठाउँ भनेको जिल्ला समन्वय समितिको प्रमुख पदमा हो। जिल्ला समन्वय समितिको प्रमुख पदका लागि पालिकाका प्रमुख/उपप्रमुख र वडाअध्यक्षले मतदान गर्नेछन्।

कुन कुन पदको चुनाव हुँदैछ?

प्रतिनिधिसभा सदस्य – १
प्रदेशसभा सदस्य – १
जिसस प्रमुख- २
नगर उपप्रमुख – १
गाउँपालिकाका अध्यक्ष – १
गाउँपालिकाका उपाध्यक्ष – २
वडाअध्यक्ष -१७

कुन दलबाट निर्वाचित कति ठाउँ रिक्त?

आयोगका अनुसार उपनिर्वाचन हुनुपर्ने ठाउँमध्ये यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित ठाउँ धेरै छन्। दोस्रोमा एमालेका उम्मेदवार निर्वाचित भएको ठाउँ छ भने तेस्रोमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको ठाउँ छ। स्वतन्त्र उम्मेदवार निर्वाचित भएको एक ठाउँमा पनि उपनिर्वाचन हुँदैछ।

नेपाली कांग्रेसबाट निर्वाचित १५ पद रिक्त
नेकपा एमाले बाट निर्वाचित ५ पद रिक्त
नेकपा माओवादी केन्द्रबाट निर्वाचित- ४ पद रिक्त
स्वतन्त्र उम्मेदवार निर्वाचित – १ पद रिक्त

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ? 

प्रकाशित: २१ माघ २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 18 =