अमेरिकी डलरको भाउ घट्यो, अरू देशको मुद्राको भाउ कस्तो?

हिमाल प्रेस २१ माघ २०८० ८:०४
8
SHARES
अमेरिकी डलरको भाउ घट्यो, अरू देशको मुद्राको भाउ कस्तो?

काठमाडौँ- आज अमेरिकी डलरबाहेक धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।

गएको शुक्रबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा थियो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसामा कारोबार भएको थियो।

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। शुक्रबार युरो १ को खरिदर १४३ रुपैयाँ १० पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसामा कारोबार भएको थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। शुक्रबार बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा थियो।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। शुक्रबार बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। शुक्रबार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६६ पैसा थियो।

प्रकाशित: २१ माघ २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =