राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि आज गण्डकी र एपीएफ भिड्ने

हिमाल प्रेस २० माघ २०८० ९:५०
8
SHARES
राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधिका लागि आज गण्डकी र एपीएफ भिड्ने

कञ्चनपुर- महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन्।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो। यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो।

फाइनल खेलअघि शनिबार नै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो।

प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीय हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: २० माघ २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =