हिउँदे अधिवेशनबारे सभामुख र प्रमुख सचेतकबीच छलफल

हिमाल प्रेस १९ माघ २०८० २०:४३
6
SHARES
हिउँदे अधिवेशनबारे सभामुख र प्रमुख सचेतकबीच छलफल

काठमाडौँ- संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच आज छलफल भएको छ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले जानकारी दिए।

उनले लामो समयदेखि थाती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताए।

छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी थिए।

प्रकाशित: १९ माघ २०८० २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =