तपाईँको दिन

हिमाल प्रेस १९ माघ २०८० ६:१६
44
SHARES
तपाईँको दिन

आज २०८० साल माघ १९ गते, शुक्रबार माघ कृष्ण सप्तमी तिथि। तदनुसार सन् २०२४ फेब्रअरी महिनाको २ तारिख। यस्तो छ तपाईँको राशिफल।

मेष : आज तपाईँको दिन मध्यम छ। राजनीतिक र सामाजिक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। मनमा शान्ति र उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।

वृष : आफैँले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारले भने निगरानी गर्ने योग रहेको छ।

मिथुन : स्वास्थ्यमा लाभ, शिक्षामा प्रगति र आर्थिक क्षेत्रमा नाफा हुनेछ। स्वदेशमै लगानीका विकल्प खुल्नेछन्। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आम्दानी राम्रो हुनेछ। समाजले झुटो आरोप लगाउने खतरा छ। परिवारको विश्वास जित्न नसक्दा संकट आइपर्ने देखिन्छ।

सिंह : आर्थिक क्षेत्र सबल छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

कन्या : समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। स्वास्थ्य र शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ।

तुला : धार्मिक क्षेत्रको घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिक : आज झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। यात्राको अवसर छ। अध्ययनमा मन जानेछ।

धनु : तपाईँको रोजाइमा पर्ने कार्यक्षेत्र सबल छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य राम्रो छ। तपाईँले गरेको राम्रो कामको जस अरुले लिनेछन्। झुटो आरोप लाग्ने देखिन्छ। त्रास देखाएर लुट्न खोज्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कुम्भ : राम्रो कामको नतिजा फरक आउन सक्छ। झुटो आरोप लगाएर लुट्न खोज्नेहरु सक्रिय छन्। परिवारबाट भने साथ मिल्ने योग रहेको छ।

मीन : अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा ठूलो लगानी नगर्नु राम्रो हुन्छ। प्रेममा धोका पाइने योग छ।

प्रकाशित: १९ माघ २०८० ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =