‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिन्छ : कृषिमन्त्री

हिमाल प्रेस १८ माघ २०८० २१:०५
4
SHARES
‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिन्छ : कृषिमन्त्री बेदुराम भुसाल

काठमाडौँ-  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज (बिहीबार) आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताएका हुन्।

मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिए। उनले विभागलाई प्रगति विवरण अर्धवार्षिक रूपमा नभएर मासिकरूपमा सार्वजनिक गर्न निर्देशन दिए।

सरकारले २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन्।

प्रकाशित: १८ माघ २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =