‘ह्रस्व दीर्घ’को पहिलो पोस्टरमा ब्रह्मानन्दम्

हिमाल प्रेस १८ माघ २०८० १२:१३
42
SHARES
‘ह्रस्व दीर्घ’को पहिलो पोस्टरमा ब्रह्मानन्दम्

काठमाडौँ- अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो पोस्टर सार्वजनिक भएको छ। दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रह्मानन्दमकाे जन्मदिनको अवसरमा पोस्टर गरिएको हो।

पोस्टरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रह्मानन्दमलाई अचम्मित र हाँसेको दुई अनुहारमा देख्न सकिन्छ। फिल्ममा बलिउड कलाकार सुनिल वर्मा, प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ। फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेत पनि छन्।

हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तले निर्देशन गरेका छन्। नेपाल र भारतमा छायांकन गरिएको छ। फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते प्रदर्शन गर्ने तयारी छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =