प्रधानमन्त्री कप : गण्डकी र आमी तथा पुलिस र सुदूरपश्चिमबीच खेल हुँदै

हिमाल प्रेस १८ माघ २०८० ७:१५
4
SHARES
प्रधानमन्त्री कप : गण्डकी र आमी तथा पुलिस र सुदूरपश्चिमबीच खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (बिहीबार) लिग चरणका अन्तिम खेल हुँदैछन्।

आज त्रिवि मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ८ खेलमा सबै खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन्।

त्यस्तै एपीएफ क्लब ९ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ।

कर्णाली प्रदेश ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ। त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ९ खेलमा एक जित र ८ हार बेहोरेर नवौं स्थानमा छ। त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ।

प्रकाशित: १८ माघ २०८० ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =