हुन्डाई एक्सटरको बुकिङ खुला

हिमाल प्रेस १९ माघ २०८० ११:५२ | Friday, February 2, 2024
हुन्डाई एक्सटरको बुकिङ खुला

काठमाडौँ– हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयूभी एक्सटरको बुकिङ खुला गरेको छ।  भदौमा सम्पन्न नाडा अटो सोमा सो गाडी प्रदर्शन गरिएको थियो| हुन्डाई एक्सटर  पाँच सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयूभी रहेको  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। साथै यसको डीआरएल एच प्याटर्नमा राखिएको छ। इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलगायत अन्य प्रशस्त फिचर उपलब्ध रहेको छ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको  इन्टरकन्टिनेन्टल प्रालिले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ६ कलर अप्सनमा आउने एक्सटर नेपालमा ईएक्स, एस र एसएक्स गरी तीन भेरियन्ट मा उपलब्ध रहेको छ। जसको मूल्य क्रमश:  ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: १९ माघ २०८० ११:५२ | Friday, February 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast