स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त

हिमाल प्रेस १६ माघ २०८० १५:०६
30
SHARES
स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त

काठमाडौँ- सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई पदबाट हटाएको छ। यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

डा. बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ। उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ।

प्रकाशित: १६ माघ २०८० १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =