अर्थमन्त्रीसमक्ष नाडाको नेतृत्वले राख्यो यस्ता नीतिगत सुझाव

हिमाल प्रेस १६ माघ २०८० १४:०७
4
SHARES
अर्थमन्त्रीसमक्ष नाडाको नेतृत्वले राख्यो यस्ता नीतिगत सुझाव

काठमाडौँ- अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को नयाँ नेतृत्वले अर्थमन्त्री प्रकाशशरण महतसँग छलफल भएको छ। नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले अर्थमन्त्री महतसँग अटोमोबाइल क्षेत्रका नीतिगत विषयमा छलफल गरेको हो।

उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरू ल्याउन आग्रह गरे । त्यस्तै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक हुन नीतिगत सुझावहरू अर्थमन्त्रीसमक्ष पेस गरे।

छलफलको क्रममा अर्थमन्त्री महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावप्रति जिज्ञासा राख्दै ती सुझावका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने बताए। उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, संस्थागत उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानलगायत सहभागी थिए।

यस्तो छ नाडाले राखेको नीतिगत सुझाव

प्रकाशित: १६ माघ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =