नाडाले भन्यो- अस्थिर नीतिले व्यवसायमा अप्ठ्यारो पर्‍यो

हिमाल प्रेस १९ जेठ २०८० १४:००
6
SHARES
नाडाले भन्यो- अस्थिर नीतिले व्यवसायमा अप्ठ्यारो पर्‍यो

काठमाडौँ– नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले अस्थिर सरकारी नीतिले सवारीसाधनको व्यवसायमा प्रतिकूल असर परेको बताएको छ।

आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटबारे धारणा सार्वजनिक गर्दै नाडाले हरेक वर्ष फेरिने राजस्व, अन्त:शुल्कलगायतले व्यवसायीका साथै ग्राहक मर्कामा परेको जनाएको हो।

नाडाले सरकारसँग निश्चित र दीर्घकालीन नीति निर्माणका लागि आग्रहसमेत गरेको छ। ‘विभिन्न महसुल दर कहिले घटाउने र कहिले बढाउने गर्नाले सवारी साधनको व्यवसाय गम्भीर रूपले प्रभावित भएको छ,’ नाडाले भनेको छ।

विद्युतीय सवारी साधन आयात गर्ने आयातकर्ता वा ब्याट्रीमात्रै आयात गर्ने कम्पनीहरूले बिक्री गरेको ब्याट्रीको व्यवस्थापनमा सरकारले ल्याएको नीतिको नाडाले विरोध गरेको छ।

आफूले आयात गरेको ब्याट्री आफैंले व्यवस्थापन गर्नुपर्ने सरकारी नीति छ। यसरी ब्याट्री व्यवस्थापनको योजना वर्षको १ पटक सार्वजनिक गर्नुपर्छ। यो नीति व्यावहारिक र सम्भव नभएको नाडाले जनाएको छ।

सरकारले २५० सीसीभन्दा माथिका मोटरसाइकलमा घटाएको अन्तःशुल्क, सडक निर्माण दस्तुरलगायत कामको भने नाडाले प्रशंसा गरेको छ।

प्रकाशित: १९ जेठ २०८० १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =