तस्बिरमा लुम्बिनीको मोन्लम पूजा

विनोद परियार १४ माघ २०८० १८:१९
50
SHARES
तस्बिरमा लुम्बिनीको मोन्लम पूजा

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लम पूजा आइतबार सकिएको छ। मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोन्लम पूजा गरिएको हो।

पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्रार्थना र कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए।

उनले आफू उपाध्यक्षको रूपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरूको उपस्थितिमा पवित्र स्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए।

‘एक लाख मन्त्रोउच्चारण गरी विश्व शान्तिको कामना गर्दै प्रार्थना गरियो, प्रख्यात रिपोन्छे, चिनियाँ कलाकार जेट्लीसमेत बस्नुभयो,’ उपाध्यक्ष लामाले भने। उनका अनुसार अर्को वर्ष यस्ता पूजा बढाउने योजना छ।

महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुंगो कर्मा साङम्बो रिपोन्छेले बिहीबारदेखि भूम्छोकमा सहभागी थिए।

यसका साथै रिपोन्छेहरूसहित विभिन्न गुम्बाहरूका लामा, आनी एकै ठाउँमा भेला भई लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो।

मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली सहभागी भए। भगवान बुद्धका उपदेशहरू पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको हो। लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई नीतिगतरूपमा प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित: १४ माघ २०८० १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =