राष्ट्रियसभा सदस्य निर्वाचन : एक सिटबाहेक सबैमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

हिमाल प्रेस ११ माघ २०८० २०:५४
12
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचन : एक सिटबाहेक सबैमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बिहीबार राष्ट्रियसभा सदस्यको निर्वाचनमा विजयी भएपछि प्रमाणपत्र ग्रहण गर्दै अन्य (खुला) समूहबाट नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) नेतृ पूजा चौधरी ।

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको छ। मतपरिणामअनुसार कोशीमा एक सिटबाहेक सबैमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

कोशी प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएको थियो। महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको रुकमिणी कोइराला निर्वाचित भएकी छन्। एमालेले जितेको यही एक सिटमात्रै हो। अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भए।

मधेश प्रदेशमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी र अन्य समूहतर्फ कांग्रेसका आनन्दप्रसाद ढुंगाना निर्वाचित भए।

बागमती प्रदेशमा रिक्त चार समूहमा निर्वाचन भएको थियो। महिला समूहतर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का घनश्याम रिजाल विश्वकर्मा, अपागंता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का श्रीकृष्णप्रसाद अधिकारी र अन्य समूहतर्फ कांग्रेसका जितजंग बस्नेत निर्वाचित भए।

गण्डकीमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की मनरुपा शर्मा, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्रेसका पदमबहादुर परियार र अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ निर्वाचित भए।

लुम्बिनीमा रिक्त दुई समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी निर्वाचित भए।

कर्णालीमा रिक्त तीन समूहमा निर्वाचन भएकोमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सावित्री मल्ल, दलित समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विष्णुबहादुर विश्वकर्मा र अन्य समूहतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्।

सुदुरपश्चिम प्रदेशमा तीन समूह रिक्त थियो। महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु चन्द, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्य समूहतर्फ कांग्रेसका बलदेव बोहरा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ११ माघ २०८० २०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =