महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

हिमाल प्रेस ९ माघ २०८० २०:४४
8
SHARES
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज (मंगलबार) आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता पोखरेलले उक्त वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत संख्या १४ हजार २८९ रहेकामा २ हजार ९१४ थान फर्छ्योट भएको प्रतिवेदनमा उल्लेख छ। फर्छ्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ४१ दशमलब २८ प्रतिशत रहेको उल्लेख छ ।

उच्च सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत संख्या २९ हजार तीन सय २२ रहेकामा १७ हजार चारसय १२ थान फर्छ्योट भएका छन्। फर्छ्योट भएका मुद्दाको सफलता ५३ दशमलब ५८ प्रतिशत रहेको छ।

विशेष सरकारी वकिल कार्यालय, काठमाडौँबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा तथा निवेदनको लगत सङ्ख्या दश हजार २३ रहेकामा पाँच थान १२ थान फछ्र्योट भएको जनाउँदै फर्छ्योट भएका मुद्दाको सफलता ८३ दशमलब ६८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा लगत संख्या ७२ हजार एक लाख ९६ रहेकामा ३६ हजार सात सय तीन थान फर्छ्योट भएको छ। फर्छ्योट भएका मुद्दामा सफलता प्रतिशत ७६ दशमलब ८४ रहेको छ। समग्रमा सरकारवादी मुद्दा रिट र निवेदनमा ६९ दशमलब १९ प्रतिशत सफलता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ।

महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको संख्या १ लाख २५ हजार आठ सय ३० रहेको छ। यो अघिल्लो आवको भन्दा १३ दशमलब ३२ प्रतिशतले बढी हो।

सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएका मुद्दाको लगत संख्या एक लाख सात हजार नौ सय आठ रहेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल सरकार उपर परेका रिटको संख्या १३ हजार पाँच सय ४१ र अन्य निवेदनको संख्या चार हजार तीन सय ८१ रहेको छ।

विगत पाँच आवमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवदेनको सङ्ख्या ३९ दशमलव ६० प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ।

गत आर्थिक वर्षमा सरकारवादी भई मुद्दा चलाउने निर्णय भएकामा उक्त मुद्दाको सङ्ख्या ३८ हजार ९ सय र प्रतिवादी संख्या ६३ हजार एक सय २१ रहेको छ। सोमध्ये मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ भित्रका मुद्दाको संख्या ३२ हजार पाँच सय ६७ र प्रतिवादी संख्या ५४ दशमलब ९ सय ५९ रहेको छ। रासस

प्रकाशित: ९ माघ २०८० २०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =