नेपाल प्रहरीका वरिष्ठ हवल्दार सोनेलाललाई किन गरिँदैछ बर्खास्त गर्ने तयारी?

हिमाल प्रेस ८ माघ २०८० १९:३२
21.5k
SHARES
नेपाल प्रहरीका वरिष्ठ हवल्दार सोनेलाललाई किन गरिँदैछ बर्खास्त गर्ने तयारी? प्रहरी प्रधान कार्यालय

काठमाडौँ- नेपाल प्रहरीका एक हवल्दारलाई सेवाबाटै बर्खास्त गर्ने तयारी गरिएको छ। सर्लाही बरथवा नगरपालिका-५ मा गोली लागेर युवकको ज्यान गएको घटनामा वरिष्ठ हवल्दार सोनेलाल यादवलाई प्रहरी प्रधान कार्यालय नक्सालले बर्खास्त गर्न लागेको हो। गत पुस २० गते अस्पताल स्थापनाको विषयलाई लिएर भएको झडपमा बरथपा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो।

उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको थियो। छानबिन समितिले अनावश्यक रुपमा बल प्रयोग गरी गोली चलाएको निष्कर्ष निकाल्दै वरिष्ठ हवल्दार यादवलाई बर्खास्त गर्न सुझाव पनि दिएको छ।

यादव यसअघि नै निलम्बनमा परिसकेका छन्। छानबिन समितिले घटना भएको ठाउँमा गोली चलाउनुपर्ने अवस्था नहुँदा नहुँदै यादवले गोली चलाएको निष्कर्ष पनि निकालेको छ।

हवल्दार साहले भने आफ्नो हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी यसअघि नै गरेका छन्। यादवलाई कारबाही गरेको व्यहोराको पत्र प्रहरी प्रधान कार्यालय नक्सालले केही दिनमै जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पठाउनेछ।

 

सर्लाही घटना : वार्ताकै माध्यमबाट समाधान खोज्न मानवअधिकार आयोगको आग्रह

सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यु

सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु लगाइयो

 

प्रकाशित: ८ माघ २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast