सर्लाही घटना : वार्ताकै माध्यमबाट समाधान खोज्न मानवअधिकार आयोगको आग्रह

हिमाल प्रेस २२ पुष २०८० १९:५७
14
SHARES
सर्लाही घटना : वार्ताकै माध्यमबाट समाधान खोज्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले वार्ता र संवादकै माध्यमबाट सर्लाही घटनाको समाधान खोज्न प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ।

सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशंकर शाहको मृत्यु भएकोे घटनालाई लिएर आयोगले प्रदर्शनरत पक्षलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न अनुरोध गरेको हो। उक्त घटनाको आयोगको जनकपुरस्थित मधेश प्रदेश कार्यालयले अनुगमन गरिरहेको आयोगले जनाएको छ।

‘उक्त घटनाको निष्पक्ष र स्वतन्त्ररूपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस प्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाइ शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ।’

प्रकाशित: २२ पुष २०८० १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =