‘एक्टर’बाट राजवल्लभको कमब्याक!

हिमाल प्रेस ५ माघ २०८० १९:१५
16
SHARES
‘एक्टर’बाट राजवल्लभको कमब्याक!

काठमाडौँ- राजवल्लभ कोइराला  ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन्। फिल्म ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका कोइराला अमेरिका गएपछि फिल्म क्षेत्रलाई निरन्तरता दिन सकेनन्।

अहिले नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन्। निर्माण पक्षले यो फिल्ममा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमनकुमार भण्डारीको लगानी छ। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल र सार्थक केसी छन्। फिल्ममा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ।

यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ। फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्षको छ। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ। फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रूपमा छन्। फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको कोइरालाले बताएका छन्।

प्रकाशित: ५ माघ २०८० १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =