बिदा सुविधा नलिने प्रहरीलाई सोधियो स्पष्टीकरण [पत्रसहित]

हिमाल प्रेस ४ माघ २०८० १६:४१
1.2k
SHARES
बिदा सुविधा नलिने प्रहरीलाई सोधियो स्पष्टीकरण [पत्रसहित] फाइल तस्बिर

काठमाडौँ- बिदा सुविधा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म बिदा नलिने कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो।

प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले किन कुनै किसिमको बिदामा  नबसेको भन्दै पाँचजना जवानलाई स्पष्टीकरण सोधिएको छ।

‘…तपाईंहरूला ६ महिनासम्म पनि कुनै किसिमको बिदा नजानु पर्ने कारण के हो? तपाईंहरूले प्रहरी नियमावली २०७१ (संसोधनसहित) मा व्यवस्था भए बमोजिम बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने कुराको जानकारी छ या छैन ?,’  पत्रमा भनिएको छ।

प्रकाशित: ४ माघ २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =