पूर्वआईजीपी ओमविक्रम राणाले भने : हतारमा प्रहरी समायोजन गरेर पछुताउने काम नगरौँ

हिमाल प्रेस ४ माघ २०८० १३:५१
202
SHARES
पूर्वआईजीपी ओमविक्रम राणाले भने : हतारमा प्रहरी समायोजन गरेर पछुताउने काम नगरौँ

काठमाडौँ- नेपाल प्रहरीका पूर्वप्रमुख (पूर्वप्रहरी महानिरीक्षक) ओम विक्रम राणाले प्रहरी समायोजन गर्दा हतारमा गर्न नहुने बताएका छन्। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरूलाई बोलाएर प्रहरी समायोजन १५ दिनभित्रै टुंग्याउन निर्देशन दिएसँगै पूर्वआईजीपीले यस्तो बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्,‘प्रदेशका मुख्य मन्त्रीज्यूहरूको दबाब थेग्न नसकेर प्रधानमन्त्रीज्यूले १५ दिन भित्र प्रहरी कर्मचारीहरूलाई प्रदेशमा समायोजन गर्न निर्देशन दिनु भएको कुरा सञ्चार माध्यमबाट सुसूचित भयो। जसरी अहिले समायोजन गर्न लागिएको छ, त्यसले ठुलो सङ्ख्यामा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको वृत्ति विकासमा नराम्रो असर पर्ने सुनिश्चित छ।’

राणाले प्रदेश प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू केन्द्र मातहत रहने भए पछि जिल्लाको शान्ति सुरक्षाको जिम्मा कसले लिने भन्नेमा अन्योल देखिएको उल्लेख गरेका छन्। टिप्पणीमा उनले थप लेखेका छन्,‘ हतारमा समायोजन गरेर पछि पछुताउनु भन्दा हाल पूर्वमुख्य सचिव लीलामणि पौडेलज्यूको संयोजकत्वमा गठित समितिले पनि यस सम्बन्धमा काम गरिरहेको हुँदा केही समय कुर्नु नै बेस होला।’

प्रकाशित: ४ माघ २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =