ताक्लाकोटमा होटल चलाउने नेपालीको हृदयघातबाट मृत्यु

हिमाल प्रेस ४ माघ २०८० १२:२७
6
SHARES
ताक्लाकोटमा होटल चलाउने नेपालीको हृदयघातबाट मृत्यु प्रतीकात्मक तस्बिर।

हुम्ला- चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए। हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए। रासस

प्रकाशित: ४ माघ २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =