ट्रक दुर्घटनामा एक जनाको मृत्यु, तीनजना घाइते

हिमाल प्रेस ४ माघ २०८० १०:०१
8
SHARES
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, तीनजना घाइते

धादिङ- धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ खनियावास गाउँपालिका-५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्द एक जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

सडकबाट करिब १५ मिटर तल खसेको ट्रकमा सवार खनियाबास-५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको एसपी मिश्रले जानकारी दिए।

प्रकाशित: ४ माघ २०८० १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =