टाइगर कप भलिबल : महिलातर्फ सेमिफाइनल समीकरण पूरा

हिमाल प्रेस ३ माघ २०८० १९:०९
12
SHARES
टाइगर कप भलिबल : महिलातर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा- चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

पोखरा रंगशालामा बुधबारको खेलबाट महिलातर्फ अन्तिम चारको टुंगो लाग्दा घरेलु टोली गण्डकी भलिबल संघ पाखा लागेको छ। घरेलु टोलीको पराजयसँगै नेपालको महिला भलिबल टिमका कप्तान अरुणा शाही पनि कोर्टबाट बाहिरिइन्। यस्तै भारत हरियाणाबाट आएको महिला टिम पनि समूह बी बाट दुवै खेलमा पराजितसँगै बाहिरिएको छ। दुई खेल खेलेका दुवै अंकविहीन बनेका हुन्।

बुधबार पहिलो खेलमा एपीएफ क्लबले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको छ। खेलमा एपीएफकी निरुता ठगुन्ना टाइगर अफ दी म्याच बनिन्।

चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड एकेडेमीले हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको छ, जसमा डायमण्डकी सुमित्रा रेग्मी टाइगर अफ दिन म्याच भइन्।

समूह ए को एपीएफ ५ अंकसहित समूह विजेता बन्यो। उसले अब त्रिभुवन आर्मीसँग बिहीबार पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ। डायमण्डले नेपाल पुलिससँग दोस्रो सेमिफाइनल खेल्नेछ। डायमण्डले ६ र पुलिसले ३ अंक जाडेका थिए।

पुरुषतर्फ समूह बीमा रहेको नेपाल पुलिसले एपीएफ क्लबसँग लिग चरणमा ३–० ले हार व्यहोर्दा पुलिस घर फर्किने भएको हो। समूह बी मा एपीएफको ३ अंक र समूहमा उपविजेता बनेको श्रीलंका आर्मी टिम समान ३ अंकसहित अन्तिम चारमा प्रवेश गरेको छ। गण्डकीले त्रिभुवन आर्मीसँग बिहीबार अन्तिम खेल खेल्नेछ। किनकि उद्घाटन खेलमा लाइट प्रोटेस्टले अवरुद्ध बनेको थियो। उक्त खेलले नै समूह एको सेमिफाइनल समीकरण टुंगो लगाउनेछ।

बुधबार नै पुरुषतर्फ लिग चरणको खेलमा नेपाल पुलिस क्लबले श्रीलंका आर्मी टिमलाई ३–१ ले पराजित गरेको छ। टाइगर कप भलिबलको इतिहासमै पहिलो सेटको खेल ४१–३९ मा सकिएको थियो।

नेपाल पुलिसले पहिलो सेट ४१–३९ मा जित्न सफल भयो तर दोस्रो सेट २५–१३ ले पाहुना टोलीलाई सुम्पियो। तेस्रो सेट २५–२० र चौथो सेट २५–१७ ले जिते पनि नेपाल पुलिसले अर्को खेलमा एपीएफसँग हार व्यहोरेपछि खेलबाट बाहिरिएको छ। खेलमा नेपाल पुलिसका रविन चन्द टाइगर अफ दी म्याच भए।

घरेलु टोली गण्डकी भलिबल संघले टिप टप हेल्प नेपालसँग ३–२ सेटको जित निकालेको छ। गण्डकी प्रदेश भलिबल संघ र तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल ३–२ ले जित निकालेको छ। खेलमा गण्डकीका अमित गुलिया टाइगर अफ दी म्याच भए।

जितसँगै गण्डकीले २ अंक जोडेको छ। हेल्प नेपालले कुल ४ अंक प्राप्त गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

प्रकाशित: ३ माघ २०८० १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =