सबै स्थानीय तह र जिससलाई नेपाल संवत् उल्लेख गर्न परिपत्र

हिमाल प्रेस ३ माघ २०८० ७:१९
14
SHARES
सबै स्थानीय तह र जिससलाई नेपाल संवत् उल्लेख गर्न परिपत्र

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका कागजातमा नेपाल संवत् उल्लेख गर्न परिपत्र गरेको छ।

मन्त्रिपरिषद्ले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा नेपाल संवत् अनिवार्य लेख्ने निर्णय गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आग्रहमा निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र जिससलाई मंगलबार पत्राचार गरिएको हो।

सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले स्थानीय तह र जिससलाई गरेका पत्राचारमा स्थानीय तहका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएकाले नेपाल संवत् कार्यान्वयन गर्न पत्राचार गरिएको जानकारी दिए।

प्रकाशित: ३ माघ २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =