निफको सातौँ संस्करण : ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

हिमाल प्रेस २ माघ २०८० २०:१८
12
SHARES
निफको सातौँ संस्करण : ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

काठमाडौँ- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ।

आज (मंगलबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएको जानकारी दिए।

निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताए।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गरे।

प्रकाशित: २ माघ २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =