मुक्तिनाथ कृषि कम्पनीमा नयाँ सञ्चालक समिति चयन

हिमाल प्रेस २९ पुष २०८० १४:२१
मुक्तिनाथ कृषि कम्पनीमा नयाँ सञ्चालक समिति चयन

काठमाडौँ– पुस २५ गते मुक्तिनाथ कृषि कम्पनीको ५औँ वार्षिक साधारण सभा यती इभेन्टस् एण्ड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएको छ। संस्थापक र सर्वसाधारण सेयर धनीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष भरतराज ढकालले आव २०७९/८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिका कम्पनी सचिव रामशरण तिमल्सिनाले भिजन ८५ को रणनीतिक कार्यको बारेमा जानकारी गराएका थिए।

पाँचौ वार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ। जसअन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल, मुक्तिनाथ विकास बैंकबाट गोविन्दबहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन्। साथै पुस २६ गते बसेको निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्ष चयन भएका छन्। उक्त बैठकबाट ४ बर्से कार्यकालका लागी भरतराज ढकाललाई प्रबन्ध सञ्चालकमा चयन गरिएको छ।

कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानमार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरि नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीसहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिली स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो। कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडि गरिएको थियो। कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रकोमा जोड दिँदै आइरहेको छ।

प्रकाशित: २९ पुष २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =