सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म

सुस्मिता बजगाईं २८ पुष २०८० ८:०८
114
SHARES
सहरमा आजः थिएटरमा दुई नाटक, हलमा थरीथरी फिल्म

काठमाडौँ- तीन सातादेखि बलिउड फिल्मले कब्जा जमाइरहेको नेपाली हलहरुमा एकै दिनमा तीन नेपाली र दुई बलिउड फिल्म प्रदर्शनमा आए। शुक्रबार(हिजो)बाट दुई नेपाली फिचर फिल्म ‘चित्रा’, ‘पर्खि बसेँ तिमिलाई’ र एक वृतचित्र फिल्म ‘ढोरपाटन’ प्रदर्शनरत छ। भने बलिउडका ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’।

यो साता हलमा भने नेपाली र विदेशी फिल्मको वर्चश्व छ। नाटकघरमा दुई नाटक मञ्चनरत छ। ‘पगला घोडा’ र ‘कर्तव्य’। पुसको अन्तिम साता उपत्यकामा अन्य केकस्ता मनोरञ्जनात्मक गतिविधि भइरहेका छन् त?

कला परिषद्मा ‘बीफए शो–२०२३’

बबरमहलस्थित नेपाल कला परिषद्को हलमा बीफए शो–२०२३ नामक कला प्रदर्शनी चलिरहेको छ।
प्रदर्शनीमा सिर्जना कलेज अफ फाइन आट्र्सको स्नातक तहमा फाइन आट्र्स अध्ययन गरिरहेका ३३ जना विद्यार्थीले बनाएका कला प्रस्तुत गरिएको छ।
जसमा चित्रकला, मूर्तिकला र ग्राफिक्स कम्युनिकेसनसम्बन्धी कला समेटिएको छ। पुस २४ सुरु भएको प्रदर्शनी पुस २९ गतेसम्म चल्नेछ।
प्रदर्शनी हरेक दिन बिहान साढे १० बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ला रहनेछ।

कला परिषदमा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषदमा मंसिर २३ देखि ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।
कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेजहरू छन्। प्रदर्शनी चैत १८ सम्म चल्ने प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहनेछ। प्रदर्शनीमा प्रवेश निःशुल्क छ।

थिएटरमा दुई नाटक

पगला घोडा

थापागाउँस्थित मण्डला नाटकघरमा पुस १२ गतेदेखि नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ। नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषय र महिलामाथि हुने अन्याय र अत्याचारबारे सचेतना गराउने प्रयास गरिएको छ।
भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खांड ठकुरीले गरेका हुन्। भने आलेख सुपरिवेक्षकको रूपमा कलाकार आशान्त शर्मा छन्। नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।
माघ ६ गते सम्म मञ्चन हुने नाटकमा कलाकार मलिका महत, प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार र बिम्ब अधिकारीले अभिनय गरेका छन्।
थिएटर आकारको प्रस्तुति रहेको सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे नाटक मञ्चन हुनेछ।
भने शनिबार साढे १ बजे अतिरिक्त शो पनि हुनेछ।

कर्तव्य

रातोपुलस्थित ओजस (शैली थिएटर) मा नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। मंसिर २६ देखि जारी नाटक पुस २९ गतेसम्म मञ्चन गरिनेछ।
कथाकार गुरुप्रसाद मैनाली कथा ‘कर्तव्य’लाई नाटकमा रुपान्तरण गरिएको छ। नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।
नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुशवाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलाललगायतको अभिनय छ।
बिहीबारबाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

हलमा नेपाली र बलिउड फिल्म

चित्रा

पुस २७ गतेदेखि हलमा फिल्म ‘चित्रा’ प्रदर्शन भइरहेको छ। घनश्याम लामिछाने निर्देशित फिल्ममा पारिवारिक कथाका आधारित छ।
फिल्ममा डेब्यु अभिनेता सन्तोष अधिकारी मुख्य भूमिकामा छन्। साथै फिल्ममा कलाकार प्रमोद अग्रहरि, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ। ‘चित्रा’ नामकी बालिकालाई फिल्मको टिकट निःशुल्क छ।

उपत्यकाका क्यूएफएक्स सिनेमाज अन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र सिभिल मलमा फिल्मको शो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग सिनेमाज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘चित्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, बिएसआर मुभिज, क्यूज सिनेमाज, अष्टनारायण पिक्चर्स, कीर्तिपुर सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज फिल्म ‘चित्रा’ चलिरहेको अन्य हल हुन्।

पर्खि बसेँ तिमीलाई

पुस २७ देखि नै अर्को फिल्म ‘पर्खि बसेँ तिमीलाई’ प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा कलाकार किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी छन्। दीपक श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रंगकर्मी श्रेष्ठले डेब्यु गरेका छन्।

फिल्ममा अन्य कलाकार शिव श्रेष्ठ, विल्सन विक्रम राई, अनिशा रसाइली, सुनिता श्रेष्ठलगायतको अभिनय छ। फिल्म परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको संयुक्त लेखनमा बनेको छ।
उपत्यकाका क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टर मा फिल्मको शो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग सिनेमाज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘पर्खि बसेँ तिमीलाई’ चलिरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, बिएसआर मुभिज, क्यूज सिनेमाज, अष्टनारायण पिक्चर्स, कीर्तिपुर सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज फिल्म ‘पर्खि बसेँ तिमीलाई’ चलिरहेको अन्य हल हुन्।

ढोरपाटन

वृत्तचित्र फिल्म ‘ढोरपाटन’ पुस २७ देखि फिल्म उपत्यकाको सिडिसी सिनेमाजमा सोलो प्रदर्शन भइरहेको छ। फिल्म जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित छ।
युरोप र एसियाको फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज’ को नामले चिनिएको फिल्म राजन कठेत र सुनिर पाण्डे संयुक्त निर्देशनमा बनेको छ। राजन कठेत नै फिल्मका निर्माता हुन्।
फिल्मले पहिलो अल्टरनेटिभ फिल्म अवार्डमा ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसले सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार जितिसकेको छ।

दिमाग खराब

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्म सोलो प्रदर्शन भइरहेको छ।
फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

पाँच बलिउड फिल्म

क्याप्टेन मिलर
दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ पनि पुस २७ देखि प्रदर्शन भइरहेको छ। फिल्ममा बलिउड अभिनेता धनुषको मुख्य भूमिकामा छन्।
फिल्म बेलायती साम्राज्यविरुद्ध संघर्षको कथामा आधारित छ। अरुण माथेश्वरनद्वारा निर्देशित फिल्ममा धनुषका अलवा प्रियंका मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायत कलाकारको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, लबिम मल, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको शो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ चलिरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाज दक्षिण भारतीय फिल्म ‘क्याप्टेन मिलर’ चलिरहेको अन्य हल हुन्।

मेरी क्रिसमस

अर्को बलिउड फिल्म ‘मेरी क्रिसमस’ पनि पुस २७ देखि नै नेपाली हलमा प्रदर्शनरत छ। ड्रामा र थ्रिलर जनरामा बनेको फिल्ममा निर्देशक श्रीराम राघवन हुन्। फिल्ममा कलाकार विजय सेतुपति, कट्रिना कैफ,राधिका आप्टेलगायत कलाकारले अभिनय गरेका छन्।
उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, छाया सेन्टरमा फिल्मको शो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग सिनेमाज, क्यूज सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाजमा बलिउड फिल्म ‘मेरी क्रिसमस’ चलिरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सीडीसी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘मेरी क्रिसमस’ चलिरहेको अन्य हल हुन्।

सलार

पुस ५ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ प्रदर्शनरत छ। फिल्ममा प्रभास, सुकुमारन, श्रुति हासन, मधु गुरुस्वामी लगायतको अभिनय छ। निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा विजय किरणगादुरको लगानी छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको शो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, क्यूज सिनेमाज, सिटीम्याक्स सिनेमामा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ चलिरहेको छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिजमा बलिउड फिल्म ‘सलारः पार्ट वान सिजफायर’ चलिरहेको अन्य हल हुन्।

डंकी

पुस ५ देखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रर्दशन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र छाया सेन्टरमा फिल्मको शो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, बिग मुभिज, क्यूज सिनेमाज, बिएसआर मुभिज, एफक्यूब सिनेमाजमा बलिउड फिल्म ‘डंकी’ चलिरहेको छ।

एनिमल

बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलहरुमा प्रदर्शनरत छ। फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ।
एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा रश्मीका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्सअन्तर्गत सिभिल मल, बिग सिनेमाजमा फिल्मको एक शो छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम

पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल–मतीन, एक्बर हर्डलगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मलमा फिल्मको एक शो छ।

प्रकाशित: २८ पुष २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =