बढ्यो रेमिट्यान्स, पुग्यो ६ खर्ब १३ अर्ब

हिमाल प्रेस २६ पुष २०८० १८:२२
18
SHARES
बढ्यो रेमिट्यान्स, पुग्यो ६ खर्ब १३ अर्ब

काठमाडौँ- चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो। अहिले रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या २ लाख ३६ हजार ७७९ र पुनः श्रमस्वीकृति लिनेको संख्या १ लाख १५ हजार ९४८ रहेको तथ्यांकमा उल्लेख छ।

सो अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।

प्रकाशित: २६ पुष २०८० १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =