भुटानको नयाँ प्रधानमन्त्री पुनः छिरिङ तोब्गे

हिमाल प्रेस २५ पुष २०८० १५:१४
12
SHARES
भुटानको नयाँ प्रधानमन्त्री पुनः छिरिङ तोब्गे

काठमाडौँ– भुटानमा एक कार्यकाल पछि पुनः छिरिङ तोब्गे नै प्रधानमन्त्री बन्ने भएका छन्। उनी नेपालसँग निकै निकट मानिने भुटानी प्रधानमन्त्री हुन्। उनी पटक पटक पशुपति, स्वयम्भु र बौद्ध आउने मात्र होइन नेपालमा गल्फ खेल्नसमेत आउने गरेका थिए।

एक दिन अघि सम्पन्न संसदीय निर्वाचनमा तोब्गे नेतृत्व पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको हो। उक्त पार्टीले ३० सिट पाएको छ। ४७ संसदीय संसद्‌मा ३० सीटमा उनको पार्टीले बाजी मारेको हो।

उनी नेपालमा २०७१ मा सार्क शिखर सम्मेलन गर्दा भुटानमा प्रधानमनत्री थिए। तोब्गे यसअघि २०१३ देखि २०१८ सम्म भुटानको प्रधानमन्त्री थिए। त्यसपछि एक कार्यकाल प्रधानमन्त्री हुन नपाएका तोब्गे यसपटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। प्रमुख प्रतिपक्षमा वर्तमान सत्तारुढ दलले समेत अवसर पाएन्। नोभेम्बरमा भएको पहिलो चरणमा नै वर्तमान सत्तारुढ दल ड्रुक न्यामरुप सोग्पा पार्टी बाहिरिएको हो।

प्रमुख प्रतिपक्षमा आएको भुटान टेन्ड्रेल पार्टीले १७ सिट मात्र प्राप्त गरेको छ। यो भुटानको चौथो आम निर्वाचन हो। सन् २००८ मा भुटानमा संसदीय निर्वाचन सुरु भएको हो। यो चरणको निर्वाचनमा तोब्गेको पीडीपी र पेमा छेवाङ नेतृत्वको बीटीपी मात्र सहभागी भएका थिए।

नोभेम्बरमा भएको अघिल्लो चरणको चुनावमा अन्य पार्टीहरू प्रतिस्पर्धाबाट बाहिरिएका थिए। सत्तारुढ ड्रुक न्यामरुप सोग्पा पार्टीसमेत बाहिरिएपछि नै तोब्गेको पार्टीले बाजी मार्ने अड्कल काटिएको थियो।

नेपाली भाषासमेत बोलिने भुटान पनि नेपाल जस्तै भूपेरिवेष्ठित तर सानो मुलुक हो। यसको पनि हाम्रो जस्तै चीन र भारत दुई छिमेकी छन्। सात लाख जनसंख्या रहेको भुटानमा निर्वाचनको प्रमुख मुद्दा संकटग्रस्त अर्थव्यवस्था बनेको थियो। आर्थिक संकट टार्न भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकले डिसेम्बरमा गेलेफुमा नयाँ सहर स्थापना गर्ने घोषणा गरेका थिए।

एक लाखभन्दा बढी नेपाली भाषीलाई भारत हुँदै नेपालमा शरण लिन पठाएको भुटानले आफ्ना नागरिकलाई फिर्तासमेत गरेन्। स्वदेशमा फर्कन नपाएका नागरिकहरूलाई नेपालले तेस्रो मुलुकमा पुर्नवासको लागि प्रस्ताव गरेर तेस्रो मुलुक पठाएको छ। अमेरिका, क्यानडा र युरोपेली मुलुकमा उनीहरू छरिहएका छन्। अमेकिरामा मात्रै एक लाख भुटानी नेपालबाट पुगेका थिए। त्यसमा नेपाल सरकारले नेपाली नागरिकलाई पनि नक्क्ली भुटानी बनाएर पठाएको विषयले नेताहरू नै जेल गएका थिए।

कूटनीतिमा चतुर मानिने भुटानका नागरिक अध्ययन गर्ने मध्येका पर्छन। उनीहरू निकै अध्ययनशिल र भएकै कारण विश्वमा आफ्नो उपस्थिती देखाउन खोजिरहेका छन्। भारतसँगबाट विस्तारै रक्षा र परराष्ट्र पनि आफ्नो मातहतमा ल्याउँदै गरेको भुटान यतिबेला चीनसँग पनि नजिकिँदै छ। हरित मुलकुको रुपमा चिनिने भुटानमा क्वालिटी पर्यटक मात्र जान पाउँछन्। अधिक मुलकुको दूतावास पनि छैन। धेरै मुलुकमा उसले पनि दूतावास खोलेको छैन।

प्रकाशित: २५ पुष २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =