माघीका तरुल [फोटो फिचर]

दिपेश श्रेष्ठ २४ पुष २०८० १६:५०
10
SHARES
माघीका तरुल [फोटो फिचर]

काठमाडौँ- माघे संक्रान्ति पर्व नजिकिए‍सँगै कालिमाटीस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको आयात तथा बिक्री बढेको छ। यहाँ धादिङ, काभ्रे, नुवाकोट, मकवानपुर, चितवन, नवलपरासी, सुनसरी र सर्लाहीलगायत जिल्लाहरूबाट आएको विभिन्न थरिका तरुल पाइन्छ।

नेपाली किसानले धेरै थरीका तरुल खेती गर्छन्। घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि ल्याइसकिएको छ। तरुलसँगै माघेसक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ। अर्थात्, यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ति माघे संक्रान्तिको विशेष परिकारका रुपमा खाने गरिन्छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल ६० देखि ७० रुपैँया प्रतिकेजी, पिँडालु ५० देखि ६० रुपैँया प्रतिकेजी र सखरखण्ड ६० देखि ७० रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको छ।

प्रकाशित: २४ पुष २०८० १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =