‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन

हिमाल प्रेस २४ पुष २०८० १३:२८
10
SHARES
‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन

काठमाडौँ- मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुने भएको छ। लण्डनको आइम्याक्स सिनेवर्ल्ड प्रिमियरपछि निर्माण टिमले आगामी फागुन ११लाई नेपालमा प्रदर्शन हुने मिति घाेषणा गरेका हुन्।

काठमाडौँसहित पोखरा र धरानमासमेत फिल्मको भव्य प्रिमियर गरिने भएको निर्माण टिमले जनाएको छ। नेपालपछि एक अमेरिकी वितरण कम्पनीले अन्तर्राष्ट्रिय बजारमा प्रर्दशन गर्ने योजना बनाइरहेको निर्देशक चाम्सले जानकारी दिए।दक्षिण कोरियामा भने फिल्म मिस हुँ नामक कम्पनीले कोरियाली भाषामा प्रदर्शन गर्नेछ।

युद्धको कथामा बनेको फिल्ममा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ। फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन छ।

‘गोर्खा वारियर’ सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म)मा प्रवेश पाउने पहिलो नेपाली फिल्म हो।फिल्मका निर्मातामा सुमन राई र सुस्मिता वाइबा हुन्।

प्रकाशित: २४ पुष २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =