विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई दुई लाखको पुरस्कार

हिमाल प्रेस २१ पुष २०८० २०:२५
2
SHARE
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई दुई लाखको पुरस्कार

पोखरा- श्रीपति समाज सेवा पुरस्कारबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित रहेको भन्दै श्रीपति कोइराला गुठी पोखराले समितिलाई शनिबार उक्त पुरस्कार प्रदान गरेको हो।

गुठीको ३१ औँ साधारणसभाका अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठी अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई २ लाख २२ हजार २२२ सहित ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरे।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो। जो पोखराकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा खटिँदै आएको छ।

विन्ध्यवासिनी धार्मिक विकासअन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यवासिनी वैदिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर सञ्चालित छन्। समितिले विन्ध्यवनसिनी गुरुकुल विद्याश्रम सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्र नि:शुल्क चलाउँदै आएको छ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम पुरस्कृत भइसकेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =