जलवायु परिवर्तनको असर घरआँगनमै पुगिसक्यो : मन्त्री गुरुङ

हिमाल प्रेस २० पुष २०८० २०:५९
14
SHARES
जलवायु परिवर्तनको असर घरआँगनमै पुगिसक्यो : मन्त्री गुरुङ

काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताएकी छन्।

वन तथा वातावरण मन्त्रालयले आज (शुक्रबार) यहाँ आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्‍याएको उल्लेख गरिन्। ‘सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ,’ उनले भनिन्।

मन्त्री गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुका ठूला असरको सामना गरिरहनुपरेको उल्लेख गर्दै जलवायुजन्य हानिनोक्सानी कोषबाट लाभ लिनका आवश्यक तथ्यांक र अध्ययन-अनुसन्धानमा जोड दिइन्।

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कोप–२८ मा नेपालले उठाएका मुद्दाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायुविज्ञ पपुलर जेन्टलले जलवायु वित्तमा पहुँचका लागि आवाज उठाउनुपर्ने सुझाव दिए। उनले सम्मेलनका लागि अन्तिम समयमा मात्र नभई वर्षभरि नै तयारीमा लागिरहनुपर्ने बताए।

प्रकाशित: २० पुष २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =