सहरमा आज

नेपाली फिल्मको खडेरी, दर्शकको जमघट रंगमञ्चमा

सुस्मिता बजगाईं २१ पुष २०८० ७:०७
14
SHARES
नेपाली फिल्मको खडेरी, दर्शकको जमघट रंगमञ्चमा

काठमाडौँ- नेपालका हलमा दुई सातादेखि नेपाली फिल्म प्रदर्शन भएका छैनन्। ‘दिमाग खराब’ भने रञ्जना सिनेप्लेक्समा सोलो प्रदर्शन भइरहेको छ।  दसैँतिहारपछि फिल्म बजारमा नेपाली फिल्मको खडेरी परेको छ। तर बलिउड फिल्मले भने हलमा दर्शकको घुइँचो छ।

त्यस्तै पुसमा रंगमञ्चमा नाटक हेर्ने दर्शकको जमघट बाक्लै छ। यो साता नाटकघरमा ‘गुलाफ’, ‘पगला घोडा’ र ‘कर्तव्य’ नाटक मञ्चन भइरहेका छन्। उपत्यकाबाहिर सांस्कृतिक मेला र महोत्सव चलिरहेको छ। राजधानीमै व्यस्त हुनेका लागि शनिबार सांस्कृतिक कार्यक्रम, फिल्म र नाटक उपयुक्त गन्तव्य हुन सक्छ।

मुक्तकसंग्रह ‘शस्यमञ्जरी’ विमोचन

नम्रता उप्रेतीको मुक्तकसंग्रह ‘शस्यमञ्जरी’ विमोचन हुँदैछ। कार्यक्रम बिहान पौने १२ बजे अनामनगरस्थित सामाजिक विकास समाजको हलमा हुनेछ। हामी र हाम्रो समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिमा वियोगी बुढाथोकी र समीक्षकका रूपमा प्रा.डा.गोविन्दमानसिंह कार्की उपस्थित हुनेछन्।

कला परिषद्‌मा ‘सार्वभौम वन’

बबरमहलस्थित नेपाल कला परिषद्‌मा ‘सार्वभौम वन’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी भारतीय फिल्मकर्मी एवं अभियन्ता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति हो।

कन्वरले संकलन गरेका सन् १९९० देखि भारतको उडिसा राज्य र रैथाने जनजातिबीच भएको द्वन्द्वको मल्टिमिडिया दस्तावेजलाई प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा फोटो, डकुमेन्ट्री, लिखित दस्तावेज, विभिन्न प्रजातिका रैथाने बिउ विजन, चित्रलगायतका विभिन्न दस्तावेज छन्।

मंसिर २३ देखि सुरु भएको प्रदर्शनी चैत १८ सम्म चल्नेछ। प्रदर्शनी बिहान ११ बजेदेखि साँझ सात बजेसम्म खुला रहनेछ। प्रदर्शनीमा प्रवेश नि:शुल्क छ।
फोटो सर्कलको आयोजना गरेको प्रदर्शनी सुधीर पटनाइ समुन्दृष्टि र सेरना दस्तुरको सहकार्यमा तयार पारिएको हो।

कुन थिएटरमा कुन नाटक?

पगला घोडा :  थापागाउँस्थित मण्डला नाटकघरमा पुस १२ गतेदेखि नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ। नाटकमा पछिल्लो समय बढ्दो आत्महत्याको विषयमाथि सचेतना गराउने प्रयास गरिएको छ।

भारतीय चर्चित नाटककार बादल सरकारको कथा रहेको नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन्। आलेख सुपरीवेक्षकका रूपमा कलाकार आशान्त शर्मा छन्। नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन्।

माघ ६ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार मलिका महत, प्रमोद अग्रहरि, आशान्त शर्मा, विजय ताम्राकार र बिम्ब अधिकारीले अभिनय गरेका छन्।
थिएटर आकारको प्रस्तुति रहेको सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका पाँच बजे नाटक मञ्चन हुनेछ। शनिबार साढे १ बजे अतिरिक्त सो पनि हुनेछ।

गुलाफ : यशोधराको जागारण यात्रा : मण्डलामै पुस ११ गतेदेखि नाटक ‘गुलाफ : यशोधराको जागरण यात्रा’ मञ्चन भइरहेको छ। पुस २२ सम्म मञ्चन हुने नाटकको परिकल्पना तथा निर्देशन रामहरि ढकालले गरेका छन्।

सिद्धार्थ गौतमले राज्य, दरबार र नाबालक पुत्रसमेतलाई छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उतारचढावयुक्त विचार र मनोविज्ञानलाई नाटकमा प्रस्तुत गरिएको छ।

‘फिजिकल थिएटर’ शैलीमा तयार पारिएकोे संवादविहीन नाटकमा कलाकार दीया मास्के र सरिता साहको अभिनय छ। सोमबारबाहेक साताको प्रत्येक दिन दिउँसो ४ बजे मञ्चन हुने नाटक शनिबार एक बजेको अतिरिक्त सो पनि हुनेछ।

कर्तव्य : रातोपुलस्थित ओजस (शैली थिएटर) मा नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। मंसिर २६ देखि जारी नाटक पुस ३० गतेसम्म मञ्चन गरिनेछ। कथाकार गुरुप्रसाद मैनाली कथा ‘कर्तव्य’लाई नाटकमा रुपान्तरण गरिएको छ। नाटकको परिकल्पना तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका छन्।

नाटकमा विशाल महर्जन, राजु खतिवडा, शेखर दाहाल, सविना तामाङ, सुवास राई, एलिसा न्यौपाने, एचबी मगर, वीरेन्द्र कुशवाहा, शुक्र मगर, सानुमाया तामाङ, पंकज सार्की, असन थिङ, उज्वल कुलुङ राई, गोविन्द टीआर, प्रदीप विश्वकर्मा, अञ्जना दुलाललगायतको अभिनय छ। बिहीबारबाहेक साताको प्रत्येक दिन दिउँसो ३ बजे मञ्चन हुने नाटक शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

हलमा बलिउड फिल्म

सलार :   पुस ५ गतेदेखि नेपाली हलमा बलिउड फिल्म ‘सलार: पार्ट वान सिजफायर’ प्रदर्शनरत छ। फिल्ममा प्रभास, सुकुमारन, श्रुति हासन, मधु गुरुस्वामी लगायतको अभिनय छ। निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा विजय किरणगादुरको लगानी छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, छाया सेन्टरमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीडीसी सिनेमाज, एफक्यूब सिनेमाज, अष्टनारायण पिक्चर्स, सिटीम्याक्स सिनेमाजमा बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स बलिउड फिल्म ‘सलार : पार्ट वान सिजफायर’ चलिरहेका अन्य हल हुन्।

डंकी : पुस ५ देखि बलिउड फिल्म ‘डंकी’ नेपालमा प्रर्दशन भइरहेको छ। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन इरानीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सीके सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, अष्टनारायण पिक्चर्समा बलिउड फिल्म ‘डंकी’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, एफक्यूब सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज बलिउड फिल्म ‘डंकी’ चलिरहेका अन्य हल हुन्।

एनिमल :   बलिउड फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि नेपाली हलहरुमा प्रदर्शनरत छ। फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन्। सन्दीप रेड्डी वांगा निर्देशित फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ।

एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्ममा रश्मीका मन्दाना, अनिल कपुर, बबी देओललगायत कलाकारको अभिनय छ।  शनिबार उपत्यकामा क्यूएफएक्सअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग सिनेमाज, सीडीसी सिनेमाजमा फिल्मको सो छ।

ड्रिम सिनारियो :  हलिउड फिल्म ‘ड्रिम सिनारियो’ नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी जनरामा बनेको फिल्मका निर्देशक किस्टोफर हुन्। फिल्ममा निमोलस केज, जुलियन निकोल्सन, माइकल सेरालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा हलिउड फिल्म ‘ड्रिम सिनारियो’ प्रदर्शन भइरहेको छ।

अक्वाम्यान एन्ड द लस्ट किङ्डम :  पुस ४ गतेदेखि नेपालमा हलिउड फिल्म ‘अक्वाम्यान एन्ड द लस्ट किङ्डम’ प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र एडभेन्चर जनरामा बनेको छ। जेम्स वानले निर्देशन गरेको फिल्ममा कलाकार जेसन मोमोआ, याह्या अब्दुल-मतीन, एक्बर हर्डलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

दिमाग खराब :  कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। गत साता निर्माण टिमले फिल्म प्रदर्शनको ५१ औँ दिन मनायो। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो चलिरहेको छ।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नवीन खड्कालगायतको अभिनय छ।

प्रकाशित: २१ पुष २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =