पशुपतिमा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको ध्यानाकर्षण

हिमाल प्रेस २० पुष २०८० १५:५७
32
SHARES
पशुपतिमा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति कोषको ध्यानाकर्षण

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने बुढासुब्बा डिजिटल प्रालिको सूचनाप्रति आपत्ति जनाएको छ।

कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले बुढासुब्बाको सूचनाप्रति आपत्ति जनाएकी हुन्।

‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ। यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ, भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ’ उनले जारी गरेको सूचनामा उल्लेख छ।

बुढासुब्बा डिजिटल प्रालिले बिहीबार एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने बताएको थियो।

हेरौँ कोषको सूचना

प्रकाशित: २० पुष २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =