कोशीमा सरकार बनाउँदा ‘रोइलो गर्ने’हरू नै अहिले एमालेसँग मिल्न लागे : कोइराला

हिमाल प्रेस २० पुष २०८० ७:२९
44
SHARES
कोशीमा सरकार बनाउँदा ‘रोइलो गर्ने’हरू नै अहिले एमालेसँग मिल्न लागे : कोइराला फाइल तस्बिर।

‍काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेशमा नेकपा एमालेसँग मिलेर सरकार बनाउँदा ‘रोइलो गर्ने’हरू नै अहिले सोही पार्टीसँग मिल्न लागेको बताएका छन्।

राष्ट्रियसभामा एमालेलाई पनि भाग लगाउने विषयमा बुधबार सत्ता गठबन्ध बैठकमा छलफल भएपछि डा.कोइरालाले सो प्रतिक्रिया जनाएका हुन्।

डा.कोइरालाले कसैलाई संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा बच्न त कसैलाई काण्डहरूबाट जोगिन एमालेको साथ चाहिएको सामाजिक सञ्जालमा लेखेका छन्।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले फेसबुकमा लेखेका छन्,‘कारण स्पष्ट छ, सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले, एक/दुई सिटका लागि जे पनि हस्? यदि, यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो। किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु?’

हाल कोशी प्रदेशमा डा.कोइराला खेमाका केदार कार्की मुख्यमन्त्री छन्। उनी एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =