कोभिडको नयाँ सबभेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस १७ पुष २०८० २१:१७
10
SHARES
कोभिडको नयाँ सबभेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- कोभिड-१९ को नयाँ सब भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले ओमिक्रोनको जेएन १ जिन सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा पुष्टि नभएको जनाएको हो।

छिमेकी देशहरूमा जेएन. १ को संक्रमण फैलिरहेकाले आवश्यक निगरानी र सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ। साथै मन्त्रालयले भीडभाड हुने स्थानहरू मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित: १७ पुष २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =