बालकुमारी घटनामा सहमति : दुई युवालाई सरकारले सहिद घोषणा गर्ने, परिवारले शव बुझ्ने

हिमाल प्रेस १६ पुष २०८० १७:५९
74
SHARES
बालकुमारी घटनामा सहमति : दुई युवालाई सरकारले सहिद घोषणा गर्ने, परिवारले शव बुझ्ने

काठमाडौँ- गत शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणा गर्ने भएको छ। ज्यान गुमाएका दुईजना युवाका परिवार र सरकारबीच उनीहरूलाई सहिद घोषणा गर्ने, परिवारका एक/एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, थप आर्थिक सहयोगका लागि सहजीकरण गर्ने र शव बुझ्ने सहमति भएको हो।

सरकारले यसअघि मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ। ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषय भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।

यो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक आयोग पनि गठन गर्ने निर्णय गरिसकेको छ।

यस्तो छ सहमति पत्र

प्रकाशित: १६ पुष २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast