बुटवलको मेलामा थरीथरीका आकर्षण [फोटो फिचर]

विनोद परियार १६ पुष २०८० ९:०९
210
SHARES
बुटवलको मेलामा थरीथरीका आकर्षण [फोटो फिचर]

लुम्बिनी- पुस ५ गतेदेखि सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा सर्वसाधारणको आकर्षण देखिएको छ। दैनिक उपभोग्य वस्तुदेखि प्रविधि एवं कृषिसम्मका स्टल राखिएकाले रुचिअनुसारको स्टलमा सर्वसाधारण पुग्ने गरेका छन्। रुपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा चलिरहेको लुम्बिनी एक्स्पोमा करिब ६ सय स्टल छन्।

यसमध्ये कृषि पेभिलियनमा दर्शकका लागि रुचिका स्टल राखिएका छन्। लुम्बिनी प्रदेशका सबै जिल्लालाई प्रतिनिधित्व गर्ने गरी रुकुमपूर्वको अल्लोका कपडा, रोल्पाको कृषि उत्पादन, गुल्मीको कफी, रुपन्देही छपियाको माछासम्म स्टलमा पाइन्छन्।

यस्तै मेला स्टलमा गुल्मीका किसानले गोरुले उखु पेलेर मेलास्थलमै पकाएको खुँदो सर्वसाधरणका लागि चाख लाग्दो छ। संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ जारी मेलामा २ दिनमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

मेला सञ्चालन भएको १० औँ र ११ औँ दिनमा सार्वजनिक बिदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ता आएको संघका अध्यक्ष कृष्ण घिमिरेले बताए।

स्थायी प्रदर्शनीस्थल भएकाले पनि प्रदर्शनी केन्द्रमा अवलोकनकर्ता थपिँदा पनि धेरै समस्या नपरेको महासचिव दयानिधि भण्डारीले बताए। मण्डपमा एकैपटक ५० हजार दर्शक रहनसक्ने क्षमता सहितको स्थायी संरचना बनाइएको छ।

 

                   तस्बिरहरू : विनोद परियार/हिमालप्रेस

प्रकाशित: १६ पुष २०८० ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =